एउटै बालिक दुई पटक जन्मियो भन्दा अनौठो लाग्न सक्छ तर अमेरिकामा यस्तै भएको छ । अमेरिकाको टेक्सास सहरमा एक बालिका दुई पटक जन्मिएकी छन् । मार्गरेट हकिन्सक बोमरकी छोरी लिनली होप दुई पटक जन्मिएकी हुन् ।

उनी दुई पटक जन्मनुको कारण चाहिँ अलि फरक छ । किनभने आमाको गर्भमा १६ हप्ताको भएका बेला लिनलीको मेरुदण्डमा ट्युमर देखिएको थियो । यसले गर्दा उनको मुटुमा समस्या पर्ने देखिएको थियो । चिकित्सकले लिनलीको मेरुदण्डमा रहेको ट्युमर शल्यक्रियाबाट हटाउने निर्णय गरे । ट्युमर हटाउनका लागि ती बालिकालाई आमा मार्गरेटको पाठेघरबाट २० मिनेटका लागि बाहिर निकालिएको थियो । ट्युमर फालिसकेपछि लिनलीलाई फेरि आमाको पाठेघरमा राखियो ।

टेक्सास फेटल सेन्टरका डाक्टरले जोखिमपूर्ण शल्यक्रिया गरेर लिनलीको जीवन जोगाएका हुन् । २० मिनेटको शल्यक्रियाको क्रममा लिनलीको अधिकांश ट्युमर हटाएर उनलाई आमाको पाठेघरमा राखिएको थियो । त्यसपछि १२ हप्तासम्म लिनलीलाई गर्भमा लिएर आमा मार्गरेट पूर्णतः बेडरेस्टमा बसिन् । लिनली गएको जुन ६ मा दोस्रो पटक जन्मिइन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here