पछिल्लो केही दिन यता सुनको मूल्य निरन्तर जसो बढिरहेको छ । कोरोना महामारी शुरु हुनुभन्दा अघिदेखि नै सुनको मुल्य बढीरहेको थियो । तर कोरोना महामारीका कारण गरिएको लकडाउनका समयमा सुनको कारोबार भएन ।

नेपालमा विवाहको सिजन हुँदा सामान्यतया सुनको मूल्य बढ्ने गरेको छ । तर अहिले भने विश्व बजारमा नै सुनको मूल्य बढीरहँदा नेपाली बजारमा मूल्य बढेको व्यवसायी बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

नेपालमा आज सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ रहेको छ । यो अघिल्लो दिन अर्थात आइतबारको भन्दा २ सयले बढी हो ।

सोख र सान

विशेषत सुनबाट बनेका विभिन्न गरगहनाको प्रयोग हुने गरेको छ । विशेषगरि महिलाले सुनका गरगहना लगाउने गरेका छन् ।

विवाह लगायतमा दुलाह दुलहीले लगाउनका लागि सुनका गहनाको माग धेरै हुँदा विवाहको सिजनमा सुनको भाउ बढ्ने गरेको छ ।

कपितयलाई सुन लगाउने सोख रहेको हुन्छ भने कतिपयले समाजमा रवाफ जनाउनका लागि सुनका गरगहना लगाउने गरेका छन् । प्रदर्शन गरी आफू सम्पन्न छु भन्ने देखाउन पनि सुन लगाउनेको संख्या समाजमा कम छैन ।

सुन बाहेक अन्य धातुबाट बनेका गरगहना पनि लगाइने गरिएको छ । यस्ता गहनाले शरीरमा असर पर्ने हुन्छ तर सुनका गहनाले भने कुनै हानी नगर्ने मान्यता रहेको छ । वैदिन सनातन काल देखि नै सुनको प्रयोग हुने गरेको छ । हिन्दू धर्म शास्त्रमा प्राचीन समयमा समयदेखि र भगवानहरुले पनि सुनका गरगहना प्रयोग गरेका प्रसंगहरु आउने गरेका छन् ।

पैसा भयो र सुन किनियो भन्दैमा सुनको प्रयोग जथाभावी गर्दा भने समस्या आउने गर्दछ ।

वास्तुशास्त्र तथा ज्योतिषीहरुले कस्ता व्यक्तिलाई सुन लगाउन हुने वा नहुने उल्लेख गरेका छन् ।

सुन प्रयोग गर्दा १३ तथ्यलाई ख्याल गर्नुपर्छ:-

१ देब्रे हातमा कहिल्यै सुन लगाउनु हुँदैन । यो हातमा सुन लगाउँदा समस्या आउने गर्छ ।

२ खुट्टामा सुन लगाएमा वैवाहिक जीवनमा समस्या आउने र स्वास्थ्य खराव हुने गर्छ ।

३ घरमा सुन राख्दा उत्तर–पूर्वमा रहेको कोठामा राख्नुपर्छ ।

४ सुनलाई रातो वा पहेँलो कपडामा बाँधेर राख्नुपर्छ । सुनसँग केसर राखेमा धन प्राप्ति हुने गर्छ ।

५ गर्भवती तथा वृद्ध महिलाले सुन लगाउनु हुँदैन ।

६ साइँली औंलामा सुनको औंठी लगाउने हो भने सन्तान प्राप्ति हुन्छ ।

७ ब्राह्मण, पुजारी वा गुरूलाई सुन दान गर्नुपर्छ । अपरिचित वा अप्रिय व्यक्तिबाट सुन लिनु हुँदैन ।

८ सुन भेट्टाउनु वा हराउनु दुबै अशुभ मानिन्छ । सुन हराउँदा बिरामी बिरामी भइने र भेट्टाउँदा खर्च बढ्ने गर्छ ।

९ वैवाहिक जीवनलाई सुखी बनाउनका लागि गलामा सुनको सिक्री र कान्छी औंलामा सुनको औंठी लगाउनुपर्छ ।

१० फलाम वा कोइलाको काम गर्ने मानिसले सुन लगाउनु हुँदैन । यी व्यक्तिले सुन लगाएमा व्यापारमा नोक्सान पुग्छ । यदि पहिरिनु परेका ज्योतिषसँग सल्लाह लिनु राम्रो मानिन्छ ।

११ सुनमा सर्दी र गर्मी दुबै ऊर्जा हुन्छ । रूघा, ज्वरो आएको बेलामा कान्छी औलामा सुनको औंठी लगाउनुपर्छ । सुनपानी खाने हो भने रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।

१२ कम्मरमा कहिल्यै पनि सुन लगाउनु हुँदैन । कम्मरमा सुन लगाउँदा पाचन प्रणाली खराव हुने र पेटसम्बन्धी समस्या देखिने गर्छ ।

१३ पेट वा मोटोपनको समस्याबाट पीडितले कहिल्यै सुन लगाउनु हुँदैन । साथै धेरै रिसाउने मानिसले पनि सुन लगाउनु राम्रो हुन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here