काठमाडौं– मानिस जनावरभन्दा फरक यो कुराले पनि छ कि‚ रोग फैलने स्थितिमा मान्छे आफ्नो सुरक्षाका लागि चिन्तित हुन्छ।

मानिसले अन्जानमै आफ्नो हात अनुहारमा लगिराखेको हुन्छ। यस्तो बानीले कोरोना भाइरस कोभिड १९ जस्तो संक्रमणलाई फैलनमा मद्दत गरिरराखेको हुन्छ।

तर, हामी किन यस्तो गर्छौं? यस्तो बानीलाई रोक्न सम्भव छ?

अनुहार छुने बानी

हामीमध्ये धेरै एकै दिनमा कयौं पटक आफ्नो अनुहार छुने गर्छौं। सन् २०१५ मा अस्ट्रेलियाका मेडिकल पढ्ने एक युवामाथि गरिएको अध्ययनबाट ती युवाले आफैंलाई यो बानीबाट अलग राख्न नसकेको कुरा थाहा भयो।

शायद ती मेडिकल विद्यार्थी यसबाट हुने खतराबारे त्यति सजग थिएनन्। उनले एक घण्टामा २३ पटक आफ्नो अनुहार छोएका थिए‚ जसमा मुख, नाक र आँखामा बढी हाल लगेका थिए।

विश्व स्वास्थ्य संगठनसहित सामाजिक स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाले यो बानीलाई सबैभन्दा खतरनाक भनेका छन्।

कोरोना भाइरसबाट बच्न दिइएका सुझावहरुमा हात सफा राख्न जोड दिइएको छ।

हामी किन यस्तो गर्छौ?

मानिस र केही स्तनधारी जीव अनुहार छुनबाट आफूलाई रोक्नै सक्दैनन्। यस्तो लाग्छ कि यो हाम्रो विकास क्रमको हिस्सा नै हो।

केही जीव आफ्नो अनुहार छोएर किरा हटाउन प्रयास गर्छन्। तर, मानिस र अन्य केही स्तनधारी जीव अन्य कारणले यस्तो गर्छन्।

अमेरिकास्थित यूसी बार्कले विश्वविद्यालयका मनोविज्ञान विषयका प्राध्यापक डाचर केल्टनर भन्छन्, ‘कहिलेकाहीँ यो एक प्रकारले आफैंलाई बिझाउनुजस्तै हो।’

व्यवहार विज्ञानसँग जोडिएका अर्का विशेषज्ञ आफैंलाई छुनु आफ्नो भावनालाई नियन्त्रण गर्ने र ध्यान खिच्नेसँग जोडिएको बताउँछन्।

जर्मनीका लिपजिङ्ग विश्वविद्यालयका मनोवैज्ञानिक मार्टन ग्रनवाल्ड यो मानवजातिको मूल व्यवहार भएको बताउँछन्।

यसबाट बच्न के गर्न सकिन्छ?

बेलायतका पूर्व प्रधानमन्त्री डेविड क्यामरोनका सहयोगी समेत रहेका व्यवहार विज्ञानका विशेषज्ञ माइकल हलस्वर्थ यस्तो गर्नुहुँदैन भन्न सजिलो भए पनि असलीमा यसलाई व्यवहारमा लागू गर्न निकै मुश्किल हुने बताउँछन्।

‘अन्जानमा हुने यस्तो काम रोक्नू भनेर मानिसहरुलाई भन्नू एक समस्या नै हो,’ उनले बिबिसीसँग भनेका छन्, ‘योभन्दा सजिलो मानिस आफ्नो हात पटक-पटक सफा गरुन्।’

उनी अनुहार चिलाएर हातले छुनैपर्ने अवस्था आएमा उल्टो हातको प्रयोग गर्न सुझाउँछन् जसबाट जोखिम केही भए पनि कम हुन्छ। (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here