काठमाडौं, २५ भदौं । चिनियाँ जनमुक्ति सेनाको रणनीतिक बम–वर्षक विमान भारतसँगको विवादित क्षेत्र नजिक तैनाथ गरिएको देखिएको छ ।

भारतसँग सीमा विवाद जारी रहेको समयमा सीमानामा चीनले कम्तिमा तीन वटा एच–६ बम्बर विमान र रियान वाई–२० एयरलिफ्टर युद्धक विमान तैनाथ गरेको देखिएको एससीएमपीले जनाएको छ ।

मंगलबार मात्र चिनियाँ जनमुक्ति सेनाको सामाजिक सन्जाल विबोे अकाउन्टमा तिब्बती क्षेत्रमा बम–वर्षक विमान साथै युद्धक विमान तैनाथ गरिएको जनाइएको थियो ।

अधिकारीहरुका अनुसार एच–६ बम्बर विमानले एन्टी–सिप क्रुज मिसाइलहरु बोक्न सक्छ । साथै यो एक पटकमा २५ सय किलोमिटर उड्न सक्छ ।

बुधबार मात्र चिनियाँ जनमुक्ति सेनाको वेस्र्टन थिएटर कमाण्डको ७७ औं ग्रुप आर्मीले यी विमानहरुले सिनजियाङको मरुभूमिमा आयोजना गरिएको सैन्य अभ्यासमा भाग लिएको जानकारी दिएको थियो ।

सिनजियाङ लद्दाख नजिकको क्षेत्र हो । लद्दाखको सीमानामा हाल भारतीय र चिनियाँ सेनाबीच विवाद चर्किएको छ ।

भारतीय विदेशमन्त्रीले चिनियाँ विदेशमन्त्रीसँग रुसमा भेट्ने

भारतका विदेश मन्त्री एस जयशंकरले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग रुसमा भेटवार्ता गर्ने भएका छन् ।

सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को विदेश मन्त्रीहरुको बैठकका क्रममा उनीहरुबीच भेटवार्ता हुन लागेको हो ।

रुसको राजधानी मस्कोमा बिहीबार उनीहरुबीच भेटवार्ता हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भारत र चीनका बीचमा सीमा विवाद चर्किदै गइरहेका बेला ती देशका विदेश मन्त्रीहरुका बीचमा हुन लागेको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

भारतका र चीनको सिमानामा पर्ने लद्दाखका केही ठाउँमा भिडन्त समेत भएका समाचारहरु आएका थिए । गत शुक्रबार पनि भारतीय रक्षा मन्त्री राजनाथ सिंह र चिनियाँ रक्षामन्त्री जनरल वाई फेङ्गबीच मस्कोमै भेटवार्ता भएको थियो । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here