-साबुन पानीले राम्ररी हात धुने।

– टाउकोलाई पछाडि ढल्काउने अथवा पल्टीने।

– एक हातको औलाले आँखाको तत्लो भागलाई हल्का तल तानेर औषधि थोपा हाल्नका लागि ठाउँ बनाउने।

– अर्को हातले औषधिको बोतल लिने र बोतलको टुप्पोलाई आँखा नजिक लाने ९टुप्पोले आँखामा नछुवाउनु होस०

– बोतललाई बिस्तारै थिचेर औषधिको थोपालाई आँखाको तल्लो भाग तानेर बनाएको ठाउामा लगाउने।

– आँखालाई दुईतीन मिनेटसम्म बन्द राखेर भुईतिर निहुरिने (आँखालाई बिस्तारै बन्द गर्नुहोला)

– आँखाको भित्री कुनालाई बिस्तारै थिच्ने।

– आँखा बाहिर परेको औषधिलाई सफा कपडाले पुछ्ने।

– एक भन्दा बढी औषधि आँखामा लगाउनु परेमा पहिलो औषधि प्रयोग गरेको ५ मिनेटपछि मात्र दोस्रो औषधि प्रयोग गर्ने।

– प्रयोग पछि बोतलाई राम्ररी बन्द गर्ने (बोतलको टुप्पोलाई धुने वा छुने गर्नु हुँदैन)

– औषधि प्रयोग गरेपछि हात राम्ररी धुने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here