भगवान बुद्धले आफ्नो उपदेशलाई त्यस समयको साधरण भाषा भईराखेको पाली भाषाबाट बुझ्न सजिलो भएकोले प्रचार-प्रसार गर्नुभयो । सुर्यको किरण झै वहाँको उपदेश सबैलाई समान रुपले प्राप्त भयो । भगवानको महापरिनिर्बाण भइसकेपछी कास्यप, आनन्द आदि वहाँका मुख्य मुख्य सिस्यहरुले राजगृहमा बुद्धबचनको संगायन गर्नुभयो ।

धर्म तथा बिनयको संग्रह गर्नुभयो । १०० वर्षपछि स्थबिरहरुले दोस्रो संगिती गर्नुभयो, यश सभा बैसालिमा सम्पन्न भएको थियो । यश सभामा ७०० जना अर्हत भिक्षुहरु सम्मिलित हुनु भएको थियो । असोक महाराजाको पालामा आचार्य मौदगाली पुत्रको प्रधानत्वमा पाटलिपुत्रमा तेस्रो सांगिती भयो । आजसम्म प्राप्त भैइसकेको त्रिपिटकका रुप यश प्रकारको रहेको छ ।

त्रिपिटक: (क) सुत्तपिटक:- (१) दिघनिकाय (२) मज्झिमनिकाय (३) संयुक्तनिकाय (४) अंगुत्तरनिकाय (५) खुद्दकनिकाय (खुद्दकपाठ पाली -धम्मपद पाली -उदान पाली (इत्तिबुतक पाली -सुत्तनिपात पाली

(बिमानबत्थु पाली -पेतबत्थु पाली -थेरगाथा पाली -थेरिगाथा पाली -जातक पाली -निद्देस पाली (महानिद्देस, चुल्लनिद्देस ) -पटिसम्भिदा मग्ग पाली -अपदान पाली -बुद्धवंस पाली -चारिया पिटक पाली

(ख) बिनय पिटक:- (१) पाराजिका पाली (भिक्खुबिभङ) (२) पाचित्तिय पाली (३) महाबग्ग (४) चुलबग्ग (५) परिवार पाली (ग) अभिधम्मपिटक (१) धम्मसङणि (२) बिभङ (३) कथावत्थु (४) पुग्गलपञ्ञ्चती (५) धातुकथा (६) यमक (७) पट्टान

परिच्छेद -१

बिनय

बिनय शब्दको अर्थ ठाँउ हेरि, विषय हेरि विभिन्न पुस्तकमा विभिन्न प्रकारले दिईएको भएतापनी ती सबैको एउटै लक्ष्यतिर निर्दृस्ट भईराखेको पाइन्छ । यसको साधरण अर्थ:- बिनित हुन जान्नु, सिस्ट हुन सम्पन्न हुन जान्नु, संयमित हुन जान्नु हो । इन्द्रियलाई नियन्त्रणमा राख्न सक्नु, नियम पालन गर्नु, सिक्षित हुन जान्नु, विशेष निर्दिस्ट ठाँउमा जानू तथा नराम्रो बाटोलाई त्यागी राम्रो बाटोमा लाग्नु आदि हो ।

बिनय शब्द “नय” – “गति रक्खो” भन्ने भुवादी धातु शब्दले बनेको हो भनेता पनि सिंहल बिनयकोषबाट “नि” – “नये पापुणने” भन्ने भुवादी शब्दबाट बनेको हो भनेर भनिन्छ ।

दण्डद्वारा दमन नगरीकन धर्मपुर्बक अर्थात क्षान्ती र मैत्रीपुर्बक दमन गर्नुलाई पनि “बिनय” भनिन्छ । “धर्म र बिनय” लाई ग्रन्थको हिसाबले हेर्दा बिनयपिटक एक बाहेक अरु सबै पिटकलाई “धर्म” भनिन्छ । बिनयपिटक एउटालाई मात्रै “बिनय” भनिन्छ ।

संक्षेपमा बिनयलाई …(क) संवर – बिनय र (ख) प्रहाण – बिनय भनेर भनिन्छ । (क) संवर-बिनय भनेको संयम गर्ने बिनय, नियम हो । (ख) प्रहाण-बिनय भनेको त्याग गर्नुपर्ने बिनय, नियम हो ।

बिनयपिटक भनेको के हो ?

(क) संघको लागि अनुशासनात्मक तथा कायिक नियमहरु:-

बुद्धसासनमा भिक्षुहरु तथा भिक्षुणिहरुको रूपमा प्रवेश गरेका बुद्धका सिस्यहरुलाई (अनुयायीहरु ) उनीहरुको आचरण ब्यबस्थित गर्नको लागि बनेको अनुसासनका नियमहरुलाई बिनय भनिन्छ । यी नियमहरुले सारिरिक र बाचिक दुबै कार्यहरूको निरोध र आचरणको प्रक्रियामा बुद्धको आधिकारिक आदेशको रूपमा कार्य गर्दछ । अनुसासनको उल्लंघनहरुसंग र विभिन्न प्रकारको अवरोधहरुसङ तथा असन्तोषको प्रकृतिसंग चेतावनीको रूपमा यी नियमहरुले व्यबहार गर्दछन । यिनै नियमहरुको ब्यबस्थित रूपमा संग्रह गरि राखेको पिटकलाई “बिनय पिटक” भनिन्छ ।

(ख) सात प्रकारको उल्लंघनहरु अथवा असन्तोष, आपत्ति :-

बुद्धले सबैभन्दा पहिला लागू गरेको अनुसासनको नियमहरुलाई मुलपञ्ञती ( मुल नियमहरु ) भनिन्छ । ती नियमहरुलाई पछी गएर अनुपञ्ञतिको रूपमा चिनिन थालियो । साथै यी नियमहरु, सिक्खापदहरु, अनुसासनका नियमहरुको रूपमा पनि लिन थालियो । यी नियमहरु उल्लंघन गरे अनुरुप दोषि भिक्षुले दण्ड बेहोर्ने कार्यलाई आपत्ति भनिन्छ । जस्को अर्थ “पुगिरहेको” हुन्छ ।

आक्रमक कारबाहीको लागि लागू गरेको सजायहरुलाई स्वाभव वा प्रकृति अनुसार सात प्रकारमा बिभाजन गर्न सकिन्छ । ती हुन:-

(१) पाराजिका (२) संघादिसेष (३) थुल्लच्चय (४) पाचित्तिय (५) पाटिदेसनिय  (६) दुक्कत (७) दुब्भासित

क्रमशः !! – धेरै दिन अघि एक मित्रले त्रिपिटकमा भएको बौद्ध शिक्षा यो पेजमा लेख्न अनुरोध गर्नुभएको थियो । उहाँको आग्रहलाई स्विकार्दै हामीले केही त्रिपिटकका ज्ञान साभार गर्ने जमर्को गरेको छौ । पुस्तक :- त्रिपिटक प्रवेश, अनुबाद तथा सग्रह:- बासुदेब देसार र कोबिद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here