काठमाडौं, २ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर भने २०२० जना संक्रमित थपिएका छन् ।

आज नेपालमा कोरोना पुष्टि भएका दुई हजार २० जनामध्ये काठमाडौं उपत्यकामा ८५९ जना हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार २० संक्रमित थपिएका हुन् । योसँगै नेपालमा संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ । पछिल्लो २४ घण्टामा ८७१ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४३ हजार ८२० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव १ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार ४५८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ९४ हजार ३७३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार ३९५ जना र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ७३६ जना क्वारेन्टिनमा रहेका छन् । देशभर ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १७३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here