काठमाडौँ – नेपालको धेरै ठाउँमा पाइने लहरे जडिबुटी गुर्जो यो एउटा आयुर्वेदिक औषधि हो। यसलाई सहि तरिकाले प्रयोग गरेर खाए अमृत समान काम गर्दछ भनिन्छ । यसको लहरा लामो समय सम्म नसुक्ने हुन्छ । यसको सहि प्रयोग गरि मात्रा मिलाएर खान नसक्दा शरीरलाई बेफाईदा गर्छ ।

गुर्जो सेवन गर्ने विधि

१. ताजा गुर्जोको लहरा १० देखि ३० ग्राम सिलौटो, खल वा मिक्स्चरमा पिसेर पानी राखी उमाल्ने आवश्यकता अनुसार अन्य जडिबुटी तथा मसला पनि संगै उमाली रस छान्ने । त्यसपछि १ चम्चा मह वा मिश्री मिलाएर नियमित विहान पिउने ।

२. सामान्य अवस्थाको रोगी वा निरोगी व्यक्तिले तल दिइएको विभि अनुसार गुर्जोको सेवन गर्न सकिन्छ । तर व्यक्तिको उमेर र रोगको अवस्था अनुसार फरक मात्रा र विधिबाट प्रयोग गर्नुपर्दछ । अनुभवी वैद्य वा आयुर्वेदिक डाक्टारको सल्लाह अनुसार प्रयोग गर्नाले पूर्ण रुपमा लाभ पाउन सकिन्छ ।

३. टुक्रा बनाएर सुपारी जस्तै चपाउँदै खान पनि सकिन्छ ।

४.बेलुकी पिसेर पानि मिलाएर राख्दा विहान भाँडोको पिंधमा सेतो मिश्रीको धुलो जस्तो सेतो गिलोय सत‌ जमेको हुन्छ । त्यस सतलाई मात्र खाए पनि हुन्छ ।

५. हप्तामा १—२ पटक मात्र गुर्जोको जु्स पिउन सकेमा पनि धेरै लाभ मिल्दछ ।

६. सुकेको गुर्जोको धुलो ४ देखि १० ग्राम १ चम्चा मह वा मिश्री तातो पानीमा मिलाएर विहान बेलुका सेवन गर्ने ।

गुर्जोको फाईदाहरु

१. गुर्जो इम्युन पावर बढाउन अत्यन्तै उपयोगी छ । त्यसैले गुर्जोले कोरोना, स्वाइन फ्लु, वर्ड फ्लु, डेंगु , भाइरस, जिवाणु किटाणु तथा विषाणुहरुलाई समेत रोक्ने साथै लड्ने क्षमता बढाउँदछ ।

२. किड्नीको दुर्बलता तथा फोहोर विकारलाई हटाएर पिसाब सम्बन्धि सम्पुर्ण समस्या÷रोग हरुमा धेरै लाभ पुऱ्याउँदछ ।

३. गुर्जो शितल गुण भएकोले यसले गर्मीबाट टाउको दुखेको, आँखा, पिसाब, पैताला, हात९ खुट्टा तथा जीउ पोलेको र पुरानो ज्वरोलाई अत्यन्तै उपयोगी छ ।

४. युरिक एसिड तथा वाथ र जोर्नी दुखाइको समस्याहरुमा गुर्जो लाभकारी छ ।

५. गुर्जोले इन्सुलिन उत्पादनमा सहयोग गरी मधुमेहमा लाभ पुऱ्याउँदछ ।

६. गुर्जो सबै किसीमका रोगी र निरोगीले पनि प्रयोग गर्न सकिने जडिबुटी खुराक पनि हो। ।

७. रक्तविकार रगतको फोहोर खराबी हटाउँदछ साथै रक्तअल्पता रगतको कमी हुन दिदैन् ।

८.अम्लपित्त –अमिलो पानी मुखमा आउने र पेट पोल्ने उल्टी आउने बिरामीलाई निकै उपयोगी छ ।

९. टि।बी। ९क्षयरोग०का किटाणुहरुलाई समेत गुर्जोले रोक्ने काम गर्दछ ।

१० . यसले जन्डिस, कलेजोको कमजोरी र विकारलाई हटाउँदछ ।

११. उच्च रक्तचापको रोगीलाई पनि यसले धेरै फाइदा पुऱ्याउँदछ ।

१२. गुर्जोको प्रयोगले मुटुलाई बलियो बनाई मुटु सम्बन्धि रोगमा फाइदा गर्दछ ।

गुर्जो सेवन गर्दा ध्यान दिनु पर्ने कुराहरु

१. गर्भवती , दुधपान गराइरहेका आमा , ५ बर्ष मुनिका बच्चा , पखाला लागेका विरामीले प्रयोग गर्नु हुँदैन ।

२.चिसो लागेको र संवेदनसिल तथा कमजोर ९जीर्ण० अवस्थाका विरामीले उमालेर छानेर सेवन गर्नु पर्दछ।

३. प्रेसर लो छ भने हरियो बोक्रा फालेर मह , मिश्री , सखर वा विरेनुन मिलाएर आधा मात्रा खाने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here